सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तातोपानी कुण्डमा स्थानीयको घुइँचो

  • प्रकाशित मिति : बुधबार, पुस ८, २०७७



  • सिमिकाेट । हिउँदको याम शुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ। खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ। खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताइन्।

    कर्णाली नदी नजिक रहेका तातोपानीका कुण्डहरुमा महिला, वृद्धवृद्धा र बाथ रोगका बिरामीहरू बस्नेगरेका छन् । तातोपानी कुण्डमा नुहाउँदा बाथ तथा छालासम्बन्धी रोगहरुको उपचार हुने मान्याताले गर्दा हुम्लाका टाढाटाढा गाउँबाट पनि मानिसहरु आउने गरेको शाहीले बताइन्। तातोपानी कुण्डमा सरसफाइ गर्न पनि सहज हुने र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानी कुण्ड प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ।

    खार्पुङमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्ला लगायतका गाउँबाट मानिस आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताए। हुम्लामा चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातोपानीको कुण्ड रहेका छन्।

    कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिँदा, शरीर तातोपानीको कुण्डमा सेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छालासम्बन्धी सबै रोग निको हुने भएकाले स्थानीयवासीहरु एक सातादेखि १० दिनसम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij