सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

उखुको बक्यौता रकम नपाउँदै किसानको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस १४, २०७७



  • काठमाडौं । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको मंगलबार बिहान ११ बजे मृत्यु भएको छ ।

    सरकारले यादवको बक्यौता रु. २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो ।

    यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको रु पाँच करोड दिइएको छैन ।

    यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।

    सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका रु. ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो ।

    किसानले भने आफूहरुको कूल बक्यौता रु. ९५ करोड रहेको जिकिर गर्दै आएका छन् ।

    बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।

    उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको रु. १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने राससलाई बताउनुभयो ।

    गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडौंको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए ।

    यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भई मृत्यु भएको थियो ।

    सरकारले उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरुलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।

    रु. ३३ करोड बक्यौता भुक्तानी

    उखु किसानको आन्दोलन शुरु भएपछि तीन चिनी मिलले रु. ३३ करोड बक्यौता भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी शुरु गरिसकेका छन् ।

    उहाँका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले रु. २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु. पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु. दुई करोड भुक्तानी गरिसकेका छन् ।

    सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् ।

    मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको रु. ३५ करोड, लुम्बिनी सुगर मिलको रु. आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु. चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको रु. सत्र करोड बक्यौता छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij