आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालकको बीभत्स हत्या

  • प्रकाशित मिति : शनिबार, पुस १८, २०७७



  • जनकपुरधाम । ‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए।

    दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘जे नहुनु थियो भइसक्यो, अब के गर्ने ? कालले तिम्रो छोरालाई लिएर गइसक्यो, अब कहिले फर्किंदैन, धैर्य राख।’

    यो घटना हो धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार बिहान ९ बजेदेखि हराएका थिए। हत्या गरेर भंैसीगोठमा गाडेको अवस्थामा बिहीबार राति १० बजे उनको शव भेटियो।

    ‘हामीले बालकलाई सकुशल उद्धार गर्न हराएको थाहा पाएदेखि नै खोजिरह्यौं। जिल्लाका हरेक युनिट र सीमा सुरक्षामा खटिएको प्रहरीलाई फोटोसहितको सूचना प्रवाह ग¥यौं’, सीमा प्रहरी चौकी दुहबीका प्रमुख हिलक सिंहले भने, ‘तर, बिहीबार राति १० बजे खोज्दै जाँदा घाँटी थिचेर हत्या गरी गाडेको अवस्थामा शव भेट्यौं।’

    सिंहले घटनाबारे बुधबार बेलुका जानकारी प्राप्त भएको उल्लेख गरे। ‘त्यसपछि शंकाका आधारमा खोजी गर्दै जाँदा बिहीबार अबेर राति ब्रह्मदेव राय अमातको घरमा भैंसी बाँध्ने गोठमा खाल्डो खनी पुरेर पराल ओछ्याई भैंसी बाँधेको अवस्थामा शव बरामद गरेका छौं’, उनले भने। धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले रुपैयाँ लेनदेनका कारण नाबालक मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। ‘खेल्दाखेल्दै प्रमिलाको घर पुगेको बच्चालाई चाउचाउ खान दिएर राखेको पायौं’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘चाउचाउ खाइसकेपछि बच्चाले प्रमिलालाई निद्रा लाग्यो सुत्छु भनेकोमा खाटमा सुताई, सुतिसकेको अवस्थामा घाँटी थिचेर हत्या गरेको देखियो।’

    बच्चाको घाँटी थिचेर हत्यापछि साँझको अँध्यारोमा शव उठाएर गोठमा लगी खाल्डो खनेर गाडेको र माथिबाट खरानी र पराल हाली भैसी बाँधेको अवस्थामा भेटिएको बस्नेतले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द महतोले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij