आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत बायोटेकको कोरोना खोपलाई अनुमति दिन सिफारिस

  • प्रकाशित मिति : आइतवार, पुस १९, २०७७



  • नयाँ दिल्ली । भारत बायोटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन विज्ञहरुको समूहले सुझाव दिएको छ ।

    शनिबार बसेको भारतका खोप विज्ञहरुको बैठकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले सहयोगमा विकास गरिएको यो खोपलाई सीमित दायरामा रहेर आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफरिस गरेको हो ।

    यसअघि भारतमा सेरम इन्स्िटच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई अनुमतिको लागि विज्ञहरुले सिफारिस गरेका थिए । यी दुवै खोपले भारतको खोप नियामकको अन्तिम स्वीकृति पाउन बाँकी छ ।

    भारत बायोटेकले डिसेम्बर ७ मा नियामकसमक्ष आफ्नो कोरोना खोपको आपतकालीन प्रयोगको अनुमति मागेको थियो ।

    यद्यपि अझै पनि भारत बायोटेक कम्पनीले विकास गरेको खोपको अन्तिम चरणको पूरा नतिजा भने आइसकेको छैन । कम्पनीले नियामकहरुसमक्ष अहिलेसम्म प्राप्त विवरणहरु बुझाएको थियो । उक्त नतिजाको आधारमा विज्ञहरुले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij