प्रकाशित मिति : बुधबार, पुस २२, २०७७
काठमाडौं। नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ। नेपाली सेनाको गाडीले सप्तरीमा मोटलसाइलकले ठक्कर दिँदा मोटरसाइकल चलाइरहेका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारुको मृत्यु भएको सप्तरीका एसपी राजेन्दं धमलाले जानकारी दिए।
बिराटनगरबाट भैरवादल गण, ललितपुरका लागि ३२ जना सैनिक लिएर हिँडेको बा १ ग १९८१ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको एसपी धमलालले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार चौधरीको उपचारका क्रममा गजेन्द्र नारायणसिंह अस्पताल, राजविराजमा मृत्यु भएको हो।
हाल ठक्कर दिने गाडीका चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij