प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७
मार्तडी । बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन्। उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।
उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए।
ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए। ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ। ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij