सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बढ्यो काठमाडौंको तापक्रम, कस्तो रहन्छ दिनभरको मौसम ?

  • प्रकाशित मिति : आइतवार, माघ ४, २०७७



  • काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ । बाक्लो हुस्सु लागेर मौसममा बदली भएका कारण काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उपत्यकाको न्युनतम तापक्रम विहान ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएकोमा दिउँसो बढेर २० डिग्री सेल्सियसम्म महाशाखाका मौसमविद निराजन सापकोटाले जानकारी दिनुभयो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस हुँदा अधिकतम तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    अहिले प्रदेश नम्बर एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद सापकोटाले बताउनुभयो ।

    दिउँसो प्रदेश नम्बर एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij