सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जुम्लामा भीषण आगलागी, ३० घर र दुई दर्जन पशुचौपाया जले

  • प्रकाशित मिति : बुधबार, माघ १४, २०७७



  • काठमाडौं । जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन् । हिजो साँझ भएको आगलागीमा दुई दर्जन पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

    क्षतिको अन्य विवरण भने आउन बाँकी छ । आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ५० किलोमिटर टाढा रहेको छ । अझै पनि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रमुख काफ्लेले बताउनुभयो । जाडोमा कारण पानी जमेको र पानीको स्रोत पनि एकदमै कम भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको उहाँले जानकारी दिनुभयो । सुधारिएको चुलोको पाइपबाट छतमा आगो सल्केपछि आगलागी भएको हो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij