प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७
बझाङ । सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज सहिद दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
सहिद दशरथचन्दको जन्मघरमा बिशेष कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाइने भएकाले नगरक्षेत्रभित्रमा बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिनुभयो ।
बिदाको दिन नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । शहिद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका –५ बस्कोटमा विशेष कार्यक्रम गरीने भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij