सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कांग्रेस नेता आचार्यको निधन

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • काठमाडौं । नेपाली कांग्रेसका नेता हरिहर आचार्यको निधन भएको छ । कांग्रेस अर्घाखाँचीका जिल्ला कमिटी सल्लाहकार आचार्यको ७० वर्षको उमेरमा आइतबार दिउँसो शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

    कोरोना भाइरस संक्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । पछिल्लो पाँच दिन भेन्टिलेटरमा रहेर उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार दिउँसो निधन भएको आचार्यका कान्छा भाइ युवराज आचार्यले जानकारी दिनुभयो ।

    उहाँको आइतबार बेलुकी पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। सशांक कोइरालाले आचार्यको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।

    त्यस्तै विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुषाल, पूर्व सांसद डा।रामबहादुर बिसी, नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. मुक्ति श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो । आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा रहनु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij