आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपा (प्रचण्ड-नेपाल) समूहका केन्द्रीय सदस्य मृत फेला

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७



  • काठमाडौं। नेकपा नेपाल–दाहाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन्। बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले उनको मृत्यु मोटरसाइकल दूर्घटनामा भएको हुनसक्ने आशंका गरेका छन्।

    मोटरसाइकल लडेको र हेल्मेट टाउकोमा भएका कारण तीब्र गतिमा मोटरसाइकल दूर्घटना भएको आशंका गरिएको उनले बताए।

    ‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको हो,’ डिएसपी भाटले भने। उनी बुधबार साँझ मसाल जुलुशमा सहभागी भएर फर्केका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij