आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नाइजेरियामा सडक दुर्घटना, ४ जनाको मृत्यु, ४३ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७



  • एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ ।

    उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो । यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ । –सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij