आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिल्म छायाँकार अधिकारी मृत फेला

  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७



  • काठमाडौं । फिल्म तथा म्युजिक भिडियोका छायाँकार जनकराज अधिकारी मृत फेला परेका छन् । उनी काठमाडौंको गोङ्गवुस्थित आफ्नै अफिस जेसिका फिल्मस प्रालिको कार्यालयमा आज साँझ मृत फेला परेका हुन् ।

    केही दिनदेखि परिवारबाट सम्पर्कविहिन रहेका उनी अफिसमा भित्रबाट चुक्कुल लगाएर घाँटीमा खादाको पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा फेला परेका म्युजिक भिडियो निर्देशक तथा मोडल भुवन श्रेष्ठ मुस्कानले जानकारी दिए । उनको शवलाई आजै त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ । उनको शवलाई भोलि अन्तिम संस्कार गरिने बताइएको छ ।

    परिवारसँग २ दिनदेखि सम्पर्कविहिन भएका अधिकारीलाई सहकर्मीले अफिसमा मृत फेला पारेका थिए । अधिकारीले दुई फिल्म र थुप्रै म्युजिक भिडियो छायाँकन गरेका छन् । उनी जेसिका फिल्मस् प्रालिका प्रोपाइटर समेत हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij