आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देशैभरी बदली, वर्षाको सम्भावना छैन

  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७



  • काठमाडौं । आज देशैभरी मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी वायुको प्रभावका कारण देशैभरी बदली भएपछि अब वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

    काठमाडौंमा पनि आज मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ ।

    आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५० मिनेटमा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij