आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

समयले ठगिएका सुमन विक अव वोडिंग स्कुलमा पढ्ने छन…..

  • प्रकाशित मिति : बुधबार, माघ २८, २०७७



  • तुलसीपुर । एउटा दलित परीवार, खाना लाउन समस्या छ ।
    त्यसैमा नौ बर्षको उमेरमा आमा गुमाए, बुवाका आँखा अझै खुलेका छैनन् ।
    हर्नेटीको सरकारी स्कुलमा कक्षा चारमा पढदै गरेका सुमन विक नौ बर्षकै उमेरमा आमाको क्रिया बसे । समाजसेवी यज्ञ वहादुर बुढाले एउटा सामाजिक सन्जालमा एउटा स्ट्याटस लेखेपछि भाइरल बन्यो उनको कथा । त्यसपति अमेरीकाका एक जना वालकले आर्थिक सहयोगको घोषणा गरे, उनको नाम थियो, विशाल पौडेल, समन्वयकारी भुमिका निर्वाह गरेका थिए, तिर्थ पौडेलले । त्यसपछि सहयोग जुटाउन लाग्यो तुलसीपुर रोटरी क्लव ।

    ‘आमा गुमाए, बुवाले आँखा अझै देख्न सक्नुहुन्न, धेरै पढड्ने चाहना थियो, सपनामा पनि स्कुल पढेको देख्थे’, सुमनको मतले बोलिरहेको थियो । तुलसीपुर उपमहानगरपालिका—३ राम्रीमा रहेको उनको दैलोमा सहयोग लिएर रोटरी क्लव पुग्दा उनी मलिन अनुहारमा खुसीको अनुभुति दिए । कारण उनलाइ अव वोर्डिङ स्कुलमा पढाउन आश्वासन दिइसकिएको थियो । सामाजिक सन्जालमा आएको एउटा समाचारले अमेरीकाका उनकै उमेर बरावरका वालकले सहयोग गरेर उनलाइ केहि पैसा र लगाउने कपडा समेत पठाइदिएका थिए । कपडा रोटरी क्लव आफ तुलसीपुरका नोमिनि अध्यक्ष शिव श्रेष्ठ र अध्यक्ष शुरेश हमालले हस्तान्तरण गरे । दैलो भरी दाल चामल पाउदा आंखाको समस्या भएको सुमनका बुवाको खुसी अर्कै थियो, अव हामीलाइ संघसंस्थाले पनि हेर्ने रहेछन् । रोटरी क्लव आफ तुलसीपुरलाइ उनले धन्यवाद दिए, अनि छोराको पढाइलाइ पनि ध्यान दिन आग्रह गरे । उनले फेरी भनेका थिए मेरो नाम जोक वहादुर विक हो….।

    यस्ता धेरै सुमनहरु छन्, जुन शिक्षा, स्वास्थ्य र गासबास र कपासबाटै बन्चित छन् । सुमनको झुपडिको घर पनि कहिले टिनको छाना सहितको बन्ने हो । बुवाको आंखा गुमेको र आमा गुमाएका सुमनलाइ अव दुइजना दिदिको पनि संरक्षकत्व दिनुपर्ने अवस्था छ । तर सरकार रामी्रका इ दलित बस्तीमा वेखवर छ । सरकार वेखवर हुंदा रिजाल भेराटिको मैदा, शुरेश हमालको तेल, अन्य संघसंस्थाहरुको सहयोग लगेर रामी्रमा पुग्नुपर्ने बाध्यता थियो । ‘हामी सरकारसंग हातेमालो गर्न चाहन्छौं, त्यसैले यो एउटा सानो सहयोग मात्रै हो’’तुलसीपुर रोटरी क्लवका नोमिनि प्रिजिडेण्ट शिव श्रेष्ठले भने ।

    मुडुलो कपालमा सुमनको मन फेरी गदगद बनायो, उनी अव तुलसीपुरको सक्सेस बोर्डिङ स्कुलमा पढ्ने छन् । तुलसीपुरका सामाजिक अभियन्ता तथा यातायात व्यवसायी शुरेश हमालले १० कक्षा सम्म तुलसीपुरको वोर्डिङमा पढाउन आफुले सवै व्यवस्थापन गर्ने उद्घोष गरे । साथै उनको बसोबासकालागी फेरी सरसल्लाह गरेर जानकारी गराउने पनि उद्घोष गरे । उच्च शिक्षाकालागी पनि सुमनको चाहना र क्षमताका आधारमा फेरी पनि सहयोग गर्न सकिने पनि हमालको अभिव्यत्तिः थियो । नौ बर्षका सुमन आमाको क्रिया बस्दाको अनुभुति अमेरिकाका आप्रवासी नेपाली वालकले जानकारी पाएपछि सहयोगका चरण सुरु भएका छन् । तर स्थानिय सरकार भने यस्ता विषयमा कत्तिपनि गम्भीर देखिएको छैन । यसैले सुमन जस्ताका मन कुमन हुन बाध्य भएको आगरीक अगुवाहरुले बताएका छन् । जिउन सहयोग, शिक्षामा सहयोग, अनि स्वास्थ्यमा पनि सहयोग गर्न सरकार गम्भीर भए मुलुकले समृद्धि हासिल गर्ने थियो, समृद्ध नेपाल सुखी नेपालीको यो अभियानलाइ अमेरिकामा बसेको एउटा आप्रवासी वालकले बुझिरहंदा यहांको सरकार कता अलमलिएको हो । रामीमा सरकारको उपस्थीति हुनुपर्ने होइन र?
    तुल्सीपुर पोस्टबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij