आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन डिआइजीको सेटिङमा गोरु तस्करी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ५, २०७७



  • काठमाडौं, ४ फागुन । देशको राजनीतिमा संक्रमण आउँदा सबैभन्दा ठूलो फाइदा तस्कर र भूमाफियालाई हुने गर्दछ । अहिले पनि त्यस्तै भएको छ । राजनीतिक तरलताको फाइदा उठाउँदै अवैध धन्दाहरु फस्टाउन थालेका छन् ।

    तराईमा सुरु भएको गोरु तस्करी त्यसैको एउटा उदाहरण हो । प्रहरीको उच्च तहसम्म सेटिङ मिलाएर नेपालबाट भारत हुँदै बंगलादेशमा गोरु तस्करी हुँदै आएको छ ।गत बुधबार राति मोरङमा गोरु लोड गरिएका तीन वटा ट्रक बरामद भएपछि तस्करीको रहस्य खुलेको हो । प्रहरी सक्रियताले होइन तस्करहरुबीचको विवादले यो तस्करको राज खुलेको हो ।

    तस्करीमा संलग्न समूहबीच आर्थिक लेनदेनको विवाद भएपछि एक समूहले राजमार्गमा ट्रक रोकेर प्रहरीलाई खबर गरेको थियो । त्यसपछि मोरङ प्रहरीले ट्रक समाउन बाध्य भएको थियो । प्रारम्भिक अनुसन्धानमा ती ट्रक दाङबाट लगिएको खुलेको छ । त्यसरी उनीहरुले पटक पटक ट्रकमा गोरु तस्करी गरिसकेका थिए । यसरी गोरु तस्करीका लागि लागि कम्तीमा पाँच डिआइजीको सेटिङको आशंका गरिएको छ ।

    लुम्बिनी प्रदेशका डिआइजी रबिन्द्र धानुक त प्रदेशमा गएलगत्तै तस्करहरुसँग उठबस सुरु भएको थियो । धेरै जसो गोरु लुम्बिनी प्रदेशमा संकलन गरी झापा हुँदै भारत लैजाने गरिएको छ ।

    लुम्बिनी प्रदेशबाट पूर्वी नवलपरासी, चितवन हुँदै प्रदेश नम्बर २ बाट प्रदेश नम्बर एक हुँदै भारत लगिने गरिएको छ । पूर्वी नवलपरासी गण्डकी प्रदेशमा तथा चितवन बाग्मती प्रदेशमा पर्छ । गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याल तथा बाग्मतीमा बसन्त लामा छन् । तस्करीमा जिल्लाका एसपीको मात्र हो कि उनीहरुको मिलेमतो खुुल्न सकेको छैन ।

    लुम्बिनी प्रदेशका धानुक, २ नम्बर प्रदेशका धिरजप्रताप सिंह तथा प्रदेश नम्बर १ का ईश्वरबाबु कार्कीसँग भने सेटिङ मिलाएको स्रोत बताउँछ । एक ट्रक गोरु तस्करीमा लाखौं कमाई हुने भएकाले प्रहरी पनि यसको पैसामा लोभिने गरेको छ । जसकारण तराईका प्रहरी हाकिमको यस्तो तस्करी ठूलो आम्दानी हुँदै आएको छ ।

    पक्राउ परेपनि ठूलो कारबाही नहुने भएकाले तस्करहरुले बंगलादेशसम्म सेटिङ मिलाएर यस्तो तस्करी गर्दै आएका छन् । गृह मन्त्रालयले प्रदेशका डिआइजीको सरुवाको तयारी गरिरहेकाले पनि उनीहरु यतिबेला कमाउ अभियानमा लागेका छन् । दृष्टि न्युजबाट साभार।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij