आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

हालसम्म तेइस सय अनलाइन सञ्चारमाध्यम दर्ता

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७७



  • काठमाडाैं । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ। सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् । विभागका अनुसार साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस १ सय १७ र माघ पहिलो सातासम्म ४० वटा अनलाइन दर्ता भएका छन्।

    आव २०७५/०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ। दुई सय ७२ नवीकरण गरिएको छ। त्यसैगरी आव ०७६/०७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ। सो अवधिमा २७२ वटा नवीकरण गरिएको छ। हालसम्म दुई हजार ३२५ अनलाइन दर्ता भएका छन्।

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताए। उनले भने, “अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ तर यसको सङ्ख्या बढ्यो गुणस्तर भने बढ्न सकेन, सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ।”

    दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन्।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij