आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भारतको मुम्बईमा सम्पर्कबिहिन भएका नेपालीको ५ दिनमा शव भेटियो, हत्या भएको आशंका

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १०, २०७७



  • मुम्बई । भारतको मुम्बईमा बेपत्ता भएका एक नेपालीको चार दिनपछि शव भेटिएको छ । मुम्बईको पनवेलदेखि गत १५ तारिख(सोमबार)का दिन वेपत्ता भएका कैलाली लम्कीचुहा नगरपालिकाका ५ निवासी भद्र खड्काको शनिबार शव भेटिएको हो ।

    १५ तारिख सोमबार वेपत्ता भएका उनको परिवारले मंगलबार पुलिस रिपोर्ट गरेका थिए । उनी हराएको भन्ने थाहा पाएपछि मृतकका भाई उनको खोजीका लागि गुजरातदेखि मुम्बई आएका थिए । वेपत्ता भएको पाँच दिनपछि अर्थात २० तारिखका दिन पुलिसले एक व्यक्तिको शव भेटिएको जानकारी परिवारलाई दिएको थियो । परिवार पुग्दा शवको एकदमै गलेको र पहिचान गर्न नसकिने अवस्था भएको तर उनले लगाएको टीशर्टको आधारमा पहिचान भएको थियो ।

    पुलिसले दिएको जानकारी अनुसार खड्काको शव सम्पर्कबिहिन भएको स्थान देखि १५० किलोमिटर दुरीमा रहेको पोलापुरको जंगलमा भेटिएको हो।

    पुलिसले मृतकको पोलापुर नजिकै रहेको सरकारी अस्पतालमा पोस्टमार्टम गरिसकेको छ। मृतकका आफन्तले जानकारी दिए अनुसार पुलिसले लडेर मरेको बताएको तर मृतकको अवस्था हेर्दा भने शंकास्पद देखिएको छ । मृतकको बायाँ हात छैन । पुलिसले जनावरले खाएको बताए पनि टाउको पछाडी गहिरो चोट रहेको कारण हत्याको आशंका आफन्तले गरेका छन् । सोही विषयमा पुलिससँग सहमति नहुँदा परिवारले खड्काको शव बुझेका छैनन ।

    ३८ वर्षिय खड्का विगत ५ वर्षदेखि मुम्बईको सोसाईटीमा काम गर्दै आएका थिए । उनको नजिकै बस्ने व्यक्ति रमेश विश्वकर्माका अनुसार खड्का ४ वर्ष पहिला मानसिक रोगबाट पिडित थिए । उनको उक्त अवस्था ठिक भएपनि औषधि भने खाइरहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij