आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिरहाको नरहा स्वास्थ्य शिविरमा ३२ को शल्यक्रिया

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७७



  • Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

    काठमाडौं । नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन्।

    महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन्। सेनाको २७ बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ को इसिजी, ४४ को अल्ट्रासाउण्ड र ९२ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको सेनाले जानकारी दिएको छ।

    गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, जनता वनवाली उच्च माध्यामिक विद्यालय, सगरमाथा आँखा अस्पताल र जानकी मेडिकल कलेज धनुषाले सहयोग पु¥याएका थिए। शिविरमा ४१२ जनाको विस्तृत स्वास्थ्य परीक्षण, १८६ जनालाई बालरोग र ८८ लाई स्त्रीरोग तथा ४० जनालाई इएनटीसेवा उपलब्ध गराइएको सेनाले जानकारी दिएको छ। शिविरमा १०५ जनाको आँखा परीक्षण र ३२ बिरामीको सर्जरी तथा ९८ इन्टरनल मेडिसिन गरिएको बाहिनी अड्डाले जनाएको छ।

    प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेखित नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरको बाहिनीपति हेमराज केसीले शुभारम्भ गरेका थिए। मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासीसँग अन्तरक्रिया गरेकाे उक्त शिविरबाट उपलब्ध गराइएको गुणस्तरीय सेवाको गाउँपालिका अध्यक्ष रामशरण यादव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायतले खुलेर प्रशंसा गरे।

    जिल्ला अस्पताल सिरहाका दुई, जानकी मेडिकल कलेजका छ, सगरमाथा आँखा अस्पातलका एक, स्थानीय एक र गुल्मका एक विशेषज्ञ चिकित्सकसहित १६ स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा पु¥याएको थियो । शिविरमार्फत स्थानीयवासीलाई रु पाँच लाख बराबरको औषधि वितरण गरिएको सेनाले जानकारी दिएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij