आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२०७८ मा तीनवटा दशै, असोज २९ गते विजयादशमी

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७७



  • काठमाडौं । २०७८ सालमा तीनवटा दशै परेका छन् । २०७७ सालमा मलमास परेकाले चैते दशै नयाँ वर्षको वैशाखमा परेपछि तीनवटा दशै परेका हुन् ।

    वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराइले यस वर्ष असोज महिनाभर पूरै एक महिना मलमास परेकाले २०७८ सालमा वैशाख, असोज र चैतमा तीनवटा दशै परेको जानकारी दिए । उनले भने, ‘यसअघि २०७३ र २०७० मा पनि तीनवटा दशै परेका थिए ।’

    आउँदो वैशाख ७ गते मंगलबार चैत्र शुक्लअष्टमी अर्थात् चैत्रे दशै परेको छ । नेपाल पञ्चागं निर्णायक समितिको निर्णयअनुसार प्रकाशित पात्रोमा २०७८ को चैत्र २६ गते शनिबार अर्को चैत्र शुक्लअष्टमी अर्थात चैते दशै परेको छ भने आश्विन शुक्लपक्षको बडादशै असोजमा परेको छ ।

    यसअनुसार २१ गते बिहीबार घटस्थापना, असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी परेको छ ।

    कात्तिक कृष्णपक्षमा सुरु भएर शुक्लपक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हु्नेछ भने कात्तिक १८ गते लक्ष्मीपूजा र २० गते भाइटीका परेको छ ।

    नेपालमा वैदिक सनातनीहरुले दशै र तिहारलाई विशेषरुपमा मनाइन्छ । पञ्चागंकार तीनवटा दशै पर्नु धर्मकर्म र आराधनाका दृष्टिले राम्रो हुने बताउँछन् । अन्नपूर्ण

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij