आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तीर्थयात्रु बोकेको बस भीरबाट खस्दा २७ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८, २०७७



  • काठमाडौं । इन्डोनेसियाको जाभा आइल्यान्डमा पर्यटकले भरिएको बस भीरबाट खस्दा २७ जना तीर्थयात्रीको मृत्यु भएको छ । घटनामा अन्य ३९ जना घाइते भएका छन् । मर्नेहरूमा बस चालक पनि छन्। यी सबै तीर्थयात्रीहरू एक इस्लामिक स्कुलका विद्यार्थीहरु र उनीहरुका अभिभावकहरु भएको बताइएको छ। समाचार एजेन्सी एपीका अनुसार सबै घाइते र मृतकहरुलाई नजिकैको अस्पताल लगिएको छ ।

    स्थानीय प्रहरी अधिकारी प्रसेत्यो रिब्बियान्तोले बताएअनुसार बुधबार बस पश्चिम जाभाको सुबाङ शहरबाट तसांकमली जिल्लाको तीर्थस्थलसम्म इस्लामी जूनियर उच्च माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरू लिएर जाँदै गर्दा दुर्घटना भएको थियो। सुमेदाङ गाउँको सडकमा ढलानहरु भएका कारण चालकले स्टेरिङमाथि नियन्त्रण गुमाएपछि बस २० मिटर गहिरो खाडलमा खसेको थियो ।

    प्रहरी अधिकारी रिब्बियान्तोका अनुसार प्रहरीले घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । घाइते यात्रुहरूले गाडीको ब्रेक फेल भएको बताएका छन् । उद्धार एजेन्सी प्रमुख रिदवान साहले घाइतेहरूलाई अस्पताल र नजिकैको क्लिनिकमा भर्ना गरिएको बताए। तीमध्ये १३ जना गम्भीर अवस्थामा छन् । रिदवान साहका अनुसार सडक सुरक्षा व्यवस्था र जीर्ण पूर्वाधारका कारण इन्डोनेसियामा प्रायः यस्ता घटना हुने गर्दछन्।

    यसअघि सुमात्रामा सन् २०१९ को डिसेम्बरमा पर्यटक बस ८० मिटर गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ३५ जना मारिएका थिए । सन् २०१८ मा पश्चिम जाभामा एउटा बस पनि पहाडबाट खसेको थियो । यो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij