आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सप्तरीमा आगलागीमा परी २० गाई जलेर मरे

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ६, २०७७



  • राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका छन् । गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तीमध्ये १० गाई घाइते र ३० हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए। आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij