आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले ८ दिनसम्म बलात्कार

  • प्रकाशित मिति : आइतवार, चैत्र ८, २०७७



  • काठमाडौं। १५ वर्षकी एक किशोरीलाई पहिले नयाँ स्कुल जाने झोला किनिदिने भन्दै लोभ्याएर अपहरण गरियो । त्यसपछि उनलाई ८ दिनसम्म कम्तीमा २० फरक फरक व्यक्तिले बलात्कार गरेका छन् । प्रहरीले यस विषयमा करिब १८ जनालाई पक्राउ गरेको छ जसमा ४ जना नाबालिग भएको बताइएको छ । उजुरी दर्ता भएको १० दिनसम्म पनि कुनै कारवाही नगरेको आरोपमा २ जना प्रहरीलाई निलम्बन गरिएको छ ।

    १५ वर्षकी ती किशोरीलाई एक साथी र अर्का एक किशोरले सकुल ब्याग किनिदिने भन्दै भारतको झलावार सहरमा लिएर गएको टाइम्स अफ इण्डियाले जनाएको छ । पीडितका अनुसार त्यसपछि उनलाई पार्ककमा लगेर नशालु औषधि ख्वाइयो त्यसपछि उनलाई २ वा तीन जनाले बलात्कार गरे । पीडितका अनुसार त्यसपछि उनलाई कैयौं पुरुषहरुले बलात्कार गरे । बलात्कार गर्नेहरुमध्ये ४ जना नाबालिग थिए । उनलाई ८ दिनसम्म सहरका विभिन्न स्थानहरुमा लगेर बलात्कार गरिएको थियो ।

    अहिले यस घटनासँग सम्बन्धित कम्तीमा १८ जनालाई पक्राउ गरिएको छ । २ बरिष्ठ पुलिस अधिकारीलाई निलम्बन गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । स्थानीय पुलिसका एसपी शरद चौधरीले भने ‘यी पुलिस अधिकारीहरु घटनाको १० दिनसम्म पनि कुनै कारवाही अगाडि बढाउन र किशोरीको रक्षा गर्न असफल रहेका थिए ।’ बाल कल्याण समितिका सदस्यहरु बालिकाको घरमै पुगेर उनको बयान रेकर्ड गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij