प्रकाशित मिति : शनिबार, चैत्र १४, २०७७
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा आम्दामी हुनेछ। सोचेको कुरा पुग्नेछ।व्यवसायमा राम्रो प्रस्ताव आउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनको कारोबार बढ्नेछ। भोजनको सुख पाइनेछ।ठुलाबडाको साथ मिल्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो यात्रा हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। काममाजोस जागर बढ्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक लाभ हुनेछ । काममा प्रशंसा मिल्नेछ। जागिरमा जिम्मेवारी थप हुनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) संगीतमा प्रगति हुनेछ। घुमफिरमा दिन बित्नेछ। सन्तानले खुसी दिनेछन्।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्फुर्ति र जागर बढ्नेछ। खेलकुदमा रुचि जानेछ।स्वास्थ्यमा सुधार आउनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) वैदेशिक फाइदा हुनेछ। परोपकारमा ध्यान जानेछ ।सामाजिक काममा व्यस्तता बढ्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ लगानीको कार्य अधुरो हुने। अपजसको सामनागर्नु पर्नेछ। विसन्चोले वाधा गर्नेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक यात्राको सुख मिल्नेछ। प्रेममा सम्वन्ध वृद्धिहुनेछ। प्रियजनले साथ दिनेछन्।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आलस्यताले सताउनेछ। घरमा मनमुटाव रहनेछ। आर्थिककुराले चिन्ताले सताउनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काममा आत्मबल बढ्नेछ। पुरानो काममा प्रगतिदेखिनेछ। मनोरन्जनमा रुचि जानेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरायसी बढी खर्च हुने्छ। व्यर्थमा समय जानेछ।साझेदारी काममा अरुले फाइदा पाउनेछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij