प्रकाशित मिति : आइतवार, चैत्र १५, २०७७
काठमाडौं। होली खेल्नक्रममा विवाद हुँदा बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको छ। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा ४ जना घाइते भएका छन्। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको शंकास्पद केही युवा भागेको जनसेवा प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij