आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन महिनामा दुई पटक विश्वकै प्रदुषित शहर काठमाडौं

  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०७७



  • काठमाडौं, चैत १५ । पछिल्लो तीन महिनामा काठमाडौं उपत्यका दुई पटक विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेको छ ।

    गत पुस २० गते र यही चैत १३ गते उपत्यकाको वायु प्रदुषण विश्वमै पहिलो स्थानमा परेको हो ।

    यो अवस्थाबाट पाठ नसिक्ने हो भने वायु प्रदुषणले भयावह रुप नलेला भन्न सकिंदैन ।

    गत पुष २० गते काठमाडौंको एक्युआई अर्थात एअर कण्डिशन इन्डेक्स ४८७ पुगेको थियो भने चैत १३ गते पनि एअर कण्डिशन इन्डेक्स ४४६ पुगेर वायु प्रदुषणको हिसाबले विश्वकै पहिलो शहर बन्न पुग्यो ।

    सुख्खा याम सुरु भएसँगै ५६ जिल्लाका ५२३ ठाउँमा डढेलो लाग्नु तथा भारतको उत्तर प्रदेश र हरियाणा लगायतका क्षेत्रमा बढेको प्रदुषणको प्रभाव नेपालमा समेत पर्दा यस्तो अवस्था आएको वातावरणविद्को भनाइ छ ।

    मध्य फागुनदेखि सुरु हुने प्रि मनशुन पनि अझै देखिएको छैन । चैत महिनामा चल्ने हावाहुरी पनि यस पटक ठप्प रहेको छ । जसका कारण वायु प्रदुषण बढेको मौसमविद् वरुण पौडेल बताउनुहुन्छ ।

    केही दिन यता उपत्यकाको वातावरण ढाकेको तुँवालो चैत १६ गतेदेखि केही कम हुने भए पनि प्रि मनसुन सक्रिय भएर ठूलो पानी नपरेसम्म पूरै फार्न मुश्किल हुने छ ।

    जलवायु परिवर्तनले वातावरणमा पारेको असरले गर्दा प्राकृतिक विपत्ति बढिरहेको छ ।

    यस वर्ष हिउँमा कम वर्षा भएको कारणले वातावरण सुख्खा बनेको छ ।

    अहिलेको अवस्थालाई चेतावनीको रुपमा लिएर उपयुक्त वातावरण नीति कार्यान्वयन गर्न सकेको खण्डमा वायु प्रदुषण कम गर्न सकिने वातावरणविद् भूषण तुलाधर बताउनुहुन्छ ।

    विज्ञहरुको सुझावलाई एक कानले सुनेर अर्को कानले उडाउन बानी परेका राज्य संचालकहरुले विपदको अवस्थमा पनि विज्ञप्ति मात्रै निकालेर झारा टार्ने गर्ने गरेका छन् ।

    यस पटक पनि वातावरण मन्त्रलयले विज्ञप्ति निकाले विद्युतीय सवारी साधन प्रयोग गर्न, धुवाँ आउने गतिविधि नगर्न तथा प्रदुषण कम गर्न आग्रह गरेको छ ।

    सम्भव भएसम्म सबै नागरिकलाई घर बाहिर ननिस्कन र निस्कनु परे सावधानी अपनाउन पनि अपिल गरिएको छ ।

    सरकारी नीतिमा सबैकुरा सम्बोधन भए पनि आपत्कालीन अवस्थामा परिस्थिति काबुबाहिर गएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीको दाबी छ ।

    विश्वकै प्रदुषित हावा बहने शहरको परिचय मेट्न तत्काल पहल नगर्ने हो भने उपत्यका वासीको स्वास्थ्य अवस्थामा भयावह स्थिति आउने नै छ यसले हाम्रो पर्यटन र अर्थतन्त्रमा पनि नराम्रो क्षति पुर्याउने निश्चित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij