प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०७७
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा दुई र क्यानाडामा एक जना गरी तीन जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।
एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म हालसम्म २२ देशमा रहेका तीन सय ४५ जना नेपालीको निधन भएको छ । संयोजक डा.सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र यूएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij