आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ताप्लेजुङमा ट्रिपर दुर्घटना, लमजुङका युवाको ज्यान गयो

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०७७



  • ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–३ सिकैचामा भएको ट्रिपर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको ट्रिपर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का १९ वर्षीय कृष्ण विकको ज्यान गएको हो ।

    दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूकाे झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो ।

    फावाखोलामा निर्माणाधीन युनिटेक हाईड्रोपावर निर्माण स्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गए राति दुर्घटना भएको थियो । मृतक विक हाईड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ्रे ईन्जिनियरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिनुभयो ।

    मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेकाे प्रहरीले जनाएको छ । सडकबाट झण्डै ५० मिटर तल खसेकाे ट्रिपर दुर्घटनाको कारण खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij