आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

काठमाडौं उपत्यकामा वर्षा, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०७७



  • काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार साँझ वर्षा भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा वर्षा भएको छ ।

    वर्षाले अहिले देखिएको वायु प्रदुषणलाई केही कम गर्ने भए पनि पूर्ण रुपमा अन्त्य नहुने मौसमविद जानकारी दिनुभयो ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    चैत्र १८ गते (बुधबार)

    राती : देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडि भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    चैत्र १९ गते (बिहिबार)

    दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती : देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    चैत्र २० गते (शुक्रबार)

    दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

    देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij