प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७
बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुट्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवर छन् । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजनाअन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए ।
अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताए । उनले भने, “डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापर्वाहीले श्रीमतीको मृत्यु भएको बताए ।
अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो । पछि बिरामीको मृत्यु भएको जानकारी दिएका छन् । साथै बिरामीका आफन्तले डाक्टरलाई कारवाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन् । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij