आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ओखलढुंगामा जिप दुर्घटनाः तीन जनाको मृत्यु (अपडेट)

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७



  • ओखलढुंगा । ओखलढुंगामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागी काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।

    सामान बोकेर गइरहेको जिप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो । जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ । डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाइते तथा मृतकको उद्धार गरेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij