आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गएरातिको हावाहुरीसँगैको चट्याङ लागेर २ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८



  • काठमाडौं । हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् ।

    बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ । त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले बताए ।

    बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।

    गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिलमलाको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

    चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी, १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij