आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नवलपरासीका युवाको शव बागलुङमा जमिनमुनी गाडिएको अवस्थामा भेटियाे

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८



  • बागलुङ । ढोरपाटन नगरपालिका– २ खल्टुबोटनजिक खोल्सामा जमिनमुनी गाडिएको अवस्थामा बुधबार दिउँसो शव भेटिएका व्यक्तिको हिजो पहिचान भएको छ ।

    भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता भएका नवलपरासीको देवचुली घर भई रुपन्देही बस्दै आएका ३२ वर्षीय नारायण बस्याल रहेको प्रहरीले जनाएको छ । सञ्चार माध्यममा आएका समाचारको आधारमा परिवारका सदस्यले मृतक आफ्नो परिवारको सदस्य भएको भन्दै हुलियाको आधारमा शव पहिचान भएको हो ।

    शवको पोष्टमार्टम गर्न धवलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो । बुधबार ढोरपाटन नगरपालिका– २ खल्टुवोटका स्थानीयले गाडिएको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

    बस्याल चार फिट गहिराईमा घाँटीमा रसिले कसिएको, दुवै खुट्टा बाँधिएको अवस्थामा थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ढोरपाटन नगरपालिका– २ रिनामका एक पुरुषलाई रुपन्देहीबाट प्रकाउ गरेको छ ।

    रुपन्देहीमा विद्यालयको क्यान्टीन सञ्चालन गर्दै आएका दुई दाजुभाईमध्ये लालबहादुर खनाललाई प्रहरीले प्रकाउ गरेको छ भने गौरीश्वर अझै सम्पर्कमा नआएको बुटवल इलाका प्रहरी कार्यालयले जनाएको छ । हत्याको विषयमा अनुसन्धानपछि मात्रै थाहा हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij