आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

फेरि बढ्याे खाने तेलको भाउ

  • प्रकाशित मिति : सोमवार, बैशाख ६, २०७८



  • बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ ।

    सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपियाँसम्म बढेको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताए । कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उनको भनाइ छ ।
    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij