आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

वन उपभोक्ता महासंघको राजधानी दाङको देउखुरीमा

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ७, २०७८



  • हेमराज शर्मा दाङ, बैशाख ६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश परिषद लुम्विनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा हुने भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङको आज सोमवार घोराहीमा सम्पन्न बैठकले परिषद भेलालाई पूर्ण रुपमा सफल पार्ने निर्णय गरेको छ ।

    वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षता एंव वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको बैठकले लुम्विनी प्रदेश भित्र रहेका १२ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने भेलालाई सफल पार्न सहयोगका लागि सवैलाई आग्रह गरेको छ ।

    देउखुरीको गढवा गाउँपालिका वडा नं १ महदेवा स्थित कुलपानी सामुदायिक वनको भवनका तय गरिएको भेला सफल पार्नका लागि बैठकले गढवा वन महासंघका अध्यक्ष नवराज शर्माको संयोजकत्वमा चार सदस्यीय ब्यवस्थापन समिति र जिल्ला महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको संयोजकत्वमा जिल्ला महासंघका पदाधिकारी एंव सदस्य र स्थानीय महासंघका अध्यक्षहरु सदस्य रहेको आर्थिक समिति पनि गठन गरेको बैठकपछि वन महासंघका सचिव जानका के.सी.ले जानकारी दिनुभयो ।

    बैठकले बढ्दो वन डढेलो नियन्त्रणका लागि सजक रहन जिल्लाका सवै वन समूहहरुलाई आग्रह गरेको छ । बढ्दो कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउने गरी क्रियाकलाप गर्न आफ्ना उपभोक्ताहरुलाई वन महासंघ दाङको बैठकले अनुरोध गरेको छ । बैठकका स्थानीय महासंघका अध्यक्ष तथा महासंघका सदस्यहरुले आफ्नो गाउँतहमा भएका गतिबिधिबारे जानकारी गराएका थिए । बैठकका प्रमुख अतिथि वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले स्थानीय सरकारहरुले वन तथा वातावरणको क्षेत्रमा वन समूहहरुसँग समन्वय गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

    लुम्विनी प्रदेश परिषद भेला बैशाखको १७ र १८ गतेका लागि तय गरिएको र पछिल्लो कोरोना सक्रमणका कारण मिति हेरफेर पनि हुनसक्ने वन महासंघ लुम्विनी प्रदेशका उपाध्याक्ष तिलमराम भण्डारीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij