प्रकाशित मिति : सोमवार, बैशाख १३, २०७८
बिनिता शर्मा, दाङ । दाङको तुलसीपुरमा झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो।
दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए। उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij