आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

  • प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८



  • काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ ।

    उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

    पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए ।

    ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा ल्याइएको थियो ।

    तर, पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो । ‘उहाँ शिवभक्त हुनुहुन्थ्यो । पशुपतिनाथ मन्दिर परिक्रमा गराएर वैद्यखानामा राखेपछि उहाँले आज विहान अन्तिम सास लिनुभयो,’ पौडेलबारे जानकार कांग्रेस नेता चन्द्र भण्डारीले भने ।

    भण्डारीका अनुसार राष्ट्रियसभा सदस्य हुँदा सरकारले दिएको गाडीको सुविधा पौडेलले लिएका थिएनन् । ‘त्याग र निष्ठाको राजनीतिको उहाँ उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो,’ भण्डारीले भने, ‘गाडीको सुविधा नलिने उहाँ पनि एक सदस्य हुनुहुन्थ्यो ।’

    उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायीसमेत रहेको नेता भण्डारी बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij