आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

२२ वटा हल बन्द भैसके, ३०–४० वटा हल बन्द हुने अवस्थामा छन्ः अशोक शर्मा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८



  • चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले कोभिडका कारण लकडाउन र निषेधाज्ञा हुँदा २२ वटा चलचित्रहरु बन्द भएको उल्लेख गरेका छन् । उनले, अझै ३० देखि ४० वटा हलहरु बन्द हुने अवस्थामा रहेको जनाउँदै खर्बौ रकम जोखिममा रहेको बताएका छन् ।

    सरकारले सार्वजनिक गरेको बजेटमा असन्तुष्टी जनाउँदै बुँदागत रुपमा टिप्पणी गरेका अशोकले सामाजिक संजालमा स्टाटस लेख्दै चलचित्र क्षेत्रको अवस्था सरकारले ध्यान नदिने हो भने अन्धकारमा जाने बताएका हुन् ।

    यो पनि पढ्नुहोसअशोक शर्माको प्रश्न–‘बजेटले गरेको व्यवस्थाले फिल्म क्षेत्रलाई कसरी फाइदा भयो ?’उनले लेखेका छन्–‘करिब ४० वटा चलचित्रहरु निर्माण सम्पन्न भई प्रदर्शनका लागि तयार भएको २ बर्ष भैसक्यो । सुटिङदेखि रिलिजसम्म एउटा चलचित्रको लगानी औषतमा २ करोड हुन्छ । यसले एक अर्ब लगानी जोखिममा रहेको छ । यस्तै, चलचित्र नबनेपछि कलाकार, प्राविधिक, लेखक, संगीतकार, गायक, गायिका र अन्य सबै बेरोजगार भएको त्यतनी नै समय भैसकेको छ । बनिसकेका चलचित्र र कोभिड अघि बन्न तयार भएका चलचित्रहरुमा वितरकले अग्रिम भुक्तानी वापत लगानी गरेको करोडौ रकम जोखिममा छ ।’

    अशोकले कोभिडको समयमा पटक–पटक मन्त्री लगायत सरकारका प्रतिनिधीलाई भेटेर दिएको सुझावको हविगत यही नै हो भनेर प्रश्न सोधेका छन् । उनले, सरकारको यही ताल रहने हो भने चलचित्र क्षेत्रको भविष्य अन्धकार रहेको उल्लेख गर्दै यो क्षेत्र कहिले नउठ्ने गरी थला पर्ने निश्चित रहेको बताएका छन् ।

    उनले, बजेट फेरबदल गर्ने समय अझै पनि रहेको भन्दै समग्र चलचित्र क्षेत्रलाई पुनः स्थापित गर्न एक आर्थिक प्याकेजको व्यवस्था बजेटमा हुनुपर्ने माग गरेका छन् ।

    यस्तै, उनले ५ देखि १० बर्षे नीतिगत योजना चलचित्र क्षेत्रका विज्ञ तथा अग्रहरुसँग छलफल गरी बजेटमा राख्न पनि माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij