प्रकाशित मिति : बिहिबार, जेष्ठ २७, २०७८
काठमाडाैं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ।
निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए। उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन्। उहाँका दुई छोरा र एक छोरी छन्।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij