आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कञ्चनपुरमा एक किशोरी माथि सामुहिक बलात्कार

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८, २०७८



  • काठमाडौं। कञ्चनपुरमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो। वेदकोट नगरपालिका–५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेका हुन्।

    प्रहरीले बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको छ। अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य जारी छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमाप्रसाद चर्तुवेदीका अनुसार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छिन्।

    राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरिएको छ। युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ।

    ‘अस्पतालको रिपोर्ट आएपछि उनीहरुमाथि थप अनुसन्धान हुनेछ’, एसपी चर्तुवेदीले भने। जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले आरोप लगाएकी छिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij