आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

त्रीशुली अस्पताललाई आ सी यु बेड सहित स्वास्थ सामग्री।

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८, २०७८



  • मधुकर पाण्डे,काठमाडौ।नुवाकोट जिल्लाको त्रिशुली अस्पताललाई स्वास्थ सामग्री लगायत आइ सि यु बेड दिईएको छ।

    यशाेदादेवी भगवानसिंह के.सी. मेमोरियल ट्रस्टले हिजो २७ गते नुवाकोट जिल्ला म्यागङ गाउँपालिका ,किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका लाई ३/३ स्थान गरि अक्सिजन कनसनटेटर ९ थान माक्स १० हजार पिपिई २५ थान ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा दिईएको हो। सम्वन्धित स्थानिय तहका प्रमुख उप -प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सी ले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको थियो । यसअघि दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो ।

    सामाजिक कामलाई राजनितिसँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छय भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको छ। ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्ला भित्र रहेको देउरालि प्राथमिक स्वास्थ्य केन्द्र ,खरानीटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिनासम्म दैनिक ५/५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराईरहेको छ ।

    त्यसैगरी खरानिटार अस्पतालका स्वास्थ्यकर्मीहरुको लागी N 95 sahit सर्जिकल माक्स ,प्राथमिक स्वास्थ्य केन्द्र देउराली लाई २५ सय थान सर्जिकल माक्स र सेनिटाइजर तथा त्रीशुली अस्पतालमा ५ हजार सर्जिकल माक्स र n 95 ५ सय थान उपलव्ध गराईसकिएको छ र जिल्लाको एकमात्र पुरानो अस्पताल त्रीशुली अस्पताललाई दुई आई सी यु बेड उपलब्ध गराउने पत्र पनि सोहि अस्पतालका प्रमुखलाई हस्तान्तरण गरिएको ट्रस्टका महासचिव जगदिश्वरनरसिंह के सी ले जलजला खबर लाई जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij