आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जबर्जस्ती करणीको प्रयासपछि बालिकाकाे हत्या

  • प्रकाशित मिति : मङ्लबार, असार ८, २०७८



  • सप्तरी। सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको रहस्य खुलेको छ।

    असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएपछि प्रहरीले हत्या आरोपमा सोही ठाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ।

    यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको गर्दा आइतबार राति पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए। प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ। यादव विरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको उनले बताए।

    गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए। बहिनी बाख्रा हेर्न गएका बेला शिवानी आँप लिन छिमेकीको बगैंचामा गएकी थिइन्। रोहितले आँप दिने लोभ देखाएर करणी गर्ने प्रयास गरेको एसपी धमलाले बताए।

    करणीको प्रयासबारे आमालाई भनिदिने भनेपछि रोहितले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको धमलाको भनाइ छ। उनका अनुसार रोहितले हत्या आरोप स्वीकार गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij