आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पाल्पामा पहिरोमा पुरिएर एकको मृत्यु, एक बेपत्ता

  • प्रकाशित मिति : बिहिबार, असार २४, २०७८



  • पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो ।

    पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर बगाउदा सोही ठाउँका पुजा परियारको ४ बर्षिय छोरा आरोप परियार बेपत्ता भएका छन ।

    पहिरोले हिउँदे खोला क्षेत्रका नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ ।

    यस्तै पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा बन्द भएको छ ।

    सिद्धवावा, झुम्सा, पानी मिल, हिउदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij