आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काबुल विमानस्थल आसपासमा आतंककारी हमतलाको खतरा बढेको अमेरिका र बेलायतको चेतावनी

  • प्रकाशित मिति : बिहिबार, भदौ १०, २०७८



  • एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् ।

    काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन ।

    अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको पनि ती देशहरुले बताएका छन् ।

    अझै हजारौं मानिसलाई बाहिर निकाल्नु पर्ने अवस्था रहेको बेला अमेरिकी रक्षा मन्त्रालयले काबुल विमानस्थलको पूर्वी र उत्तरी प्रवेशद्वारबाट तत्काल हट्न भनेको हो ।

    अमेरिकाले ती स्थानमा आतंककारी हमलाको उच्च खतरा रहेको पनि बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij