आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ललितपुरमा मानिस पासो लगाएर मरेको डोरी महंगोमा बिक्छ भनेर डोरीकै लागि मान्छे मारियो

  • प्रकाशित मिति : आइतवार, अशोज २४, २०७८



  • काठमाडौं। मानिस पासो लगाएर मरेको डोरीको मूल्य करोडौं रुपैयाँ पर्छ भन्ने सुनेका आधारमा सोही डोरी हात पार्नको लागि आफैंले डोरीले घाँटी कसेर महिलाको हत्या गर्नेहरु पक्राउ परेका छन् । ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षकी कमला तामाङको हत्या अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ परेका तीनजन १८ वर्ष, २१ वर्ष र २३ वर्षका छन् ।

    गएको भदौ २५ गते बिहान नुवाकोटको बेलकोट गढी–९ घर भइ ललितपुरको सुनाकोठी बस्दै आएकी कमला तामाङको डोरीले घाँटी बसेर हत्या भएको थियो । हत्याको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले मोरङको पथरी शनिश्चरे–८ घर भइ ललितपुरको हरिसिद्ध बस्ने २० वर्षका सुमन मगरलाई हरिसिद्धिबाटै बिहीबार पक्राउ गरेको थियो ।

    उनको प्रारम्भिक बयानका आधारमा घटनाका अन्य २ अभियुक्तहरुलाई पनि पक्राउ गरिएको हो । घटनामा संलग्न मगवानपुरको राक्सिराङ गाउँपालिका ५ घर भइ हरिसिद्धमै बस्ने २३ वर्षका सविन प्रजा र उनकी श्रीमती १८ वर्षकी प्रविना प्रजा माझीलाई शुक्रबार मकवानपुरको मनहरीबाट पक्राउ गरिएको थियो ।

    अनुसन्धानका क्रममा अभियुक्तहरुले बताएअनुसार सविन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपूर्ण हुने र करोडौं रुपैंयामा बिक्री हुने भन्ने कुराहरू सुनेकोले ती वस्तुहरु हासिल गर्न चाहेका थिए । उनीहरु अन्धविश्वासमा परेर त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले यो हत्या गरेका थिए ।

    कमला तामाङसँग सुमन मगरको पहिलेदेखिकै चिनजान र अवैध सम्बन्ध समेत हुने गरेको थियो । उनी टहरामा एक्लै बस्ने गरेकी थिइन् । उनीहरु भदौ २४ गते साँझ कमलाकै टहरामा गएर खानपिन र मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेका थिए । हत्या गरिसकेपछि मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटेर फरार भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij