आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोरङमा गोली चलाएर बैंक लुट्न खोज्ने भारतीय लुटेरा पक्राउ

  • प्रकाशित मिति : सोमवार, अशोज २५, २०७८



  • काठमाडौं, असोज २५ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्न खोज्ने भारतीय लुटेराहरुलाई रोक्दा बैंकका सुरक्षा गार्डमाथि गोली प्रहार भएको छ ।

    भारतीय लुटेरा समूहले सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न खोज्ने समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए ।

    त्यसक्रममा सुरक्षा गार्ड शीतल कुँवरलाई लुटेरा समूहले चलाएको गोली लागेपछि उपचारका लागि अस्पताल पठाइएको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रहरीले जनाएको छ ।

    उनीहरु भारतीय नागरिक भएको प्रहरीको् प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैक लुट्ने प्रयास भने असफल भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij