आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोरङमा बैंक लुट्ने प्रयासमा संलग्‍न तीनजना पक्राउ

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • २७ असोज, मोरङ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकमा रहेको रकम लुटमा संलग्‍न तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सनर्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा विराटानगर महानगरपालिका-८का ३२ वर्षीय श्‍याम मुखिया, भारत अररिया सेखपुरा-५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया-४ का ३० वर्षीय विजय सहनी (बायाँ तिघ्रामा गोली लागी घाइते भएका) रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिउको छ भने उक्त घटनामा संलग्‍न अन्‍य ६ जना व्‍यक्तिको खोजी भइरहेको छ ।

    पक्राउ परेका उनीहरुको साथबाट घटनास्थलमा प्रयोग भएको पेस्तोल, ३ राउण्ड गोली र नोकिया कम्पनीको मोबाइल १ वटा बरामद गरेको छ ।

    उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।
    गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका थिए । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij