आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुन भनि ईट्टालाई बिक्री गर्न खोजेको आरोपमा पाँचजना पक्राउ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ९, २०७९



  • दाङ । दाङको तुलसीपुरमा सुन भनि ईट्टालाई झुक्याउन खोजेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उनिहरुको साथबाट जेब्रा झोलाभित्र लुकाई राखेको दुई वटा ईट्टा र सुन जस्तो देखिने धातुको टुक्रा १ थान बरामद गरेको प्रहरीले जनाएको हो ।

    पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका बस्ने २६ वर्षीय राजकुमार बुढा, सोहि ठाउँ बस्ने २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ बस्ने २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।

    यस्तै, सल्यानको शारदा नगरपालिका १ बस्ने ४९ वर्षीया सावित्रा बुढाथोकी र सोहि जिल्ला कुमाख गाउँपालिका १ बस्ने ३० वर्षिया गीता बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

    आइतबार राति ९ बजे तुलसीपुर उपमहानगरपालिका ६ स्थित एकान्त होटलमा अवैध सुन बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij