मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

समुन्द्रको बीचमा एक महिलाले जन्माइन् बच्चा

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २०, २०७९



  • एजेन्सी । मध्य अमेरिकी मुलुक निकारागुवाकी एक महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छिन् ।

    निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी हुन् । उनले सामाजिक संजालमा आफ्नो प्रसुतिको भिडियो र तस्बीर सार्वजनिक गरेपछि अहिले त्यो विश्वभर भाइरल भएको छ ।जोसीले आफूले समुन्द्रमा बच्चा जन्माएको विषयलाई ‘ फ्री वर्थ’ (निःशुल्क जन्म) भनेर नाम दिएकी छिन् ।जोसीले सो समयको भिडियो समाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा सार्वजनिक गरेकी थिइन् । तर, भिडियो अहिले भाइरल भएको हो । जोसी यसअघि ४ बच्चाकी आमा हुन् ।

    भिडियोलाई हालसम्म २ लाख भन्दा बढीपटक हेरिएको छ । भिडियोमा जोसी आफ्ना ४२ वर्षीय श्रीमान् बेन्नी कोर्नेलियससँग देखिएकी छिन् । साथै जोसीको प्रसुतीको समयमा उनले मद्दत पनि गरेका छन् । उनीहरुले तौलिया र नाभि राख्नका लागि कचौरा जस्ता समान्य चीजहरू मात्र प्रयोग गरेका थिए । बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार जोसीले ‘फ्री वर्थ’ को लागि चिकित्सा सहायता बिना नै बच्चालाई जन्म दिएकी हुन् ।

    यद्यपि जोसीको यस्तो प्रकारको प्रसुतीले विबाद पनि सृजना गरेको छ । सन् २०१८ मा अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले यस्तै प्रकारले समुन्द्रमा बच्चा जन्माउन खोज्दा मृत बच्चा जन्मिएको थियो । विज्ञहरूले यस्तो प्रक्रिया नअपनाउन सल्लाह दिने गरेका छन् । जोसी समुन्द्रको छालमा सुत्केरी हुने बेलामा चिच्याएकी थिइन् । जोसीले भनेकि छिन्,उनको पछाडि प्रहार गर्ने छालहरूले उनलाई सुत्केरीको समयमा सहज महसुस गराएको थियो । ‘मेडिकल हस्तक्षेपबिना पनि महिलाको सन्तान जन्माउन सक्षम हुन्छन् भन्ने देखाउन चाहन्थे,यो पूर्णत प्राकृतिक जन्म हो ।’ उनले भनेकि छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij