आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, असार २१, २०७९



  • काठमाडौं। काठमाडौं र बागलुङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ३२ वर्षीय जिवन चौधरी छन् । उनलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको हो।

    झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो।

    यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालीका–५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषधसहित एक जना सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारी रहेका छन्।

    उनको साथबाट १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ।

    कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो।

    बागलुङको बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध सहित चार जना सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देही खैरेनी नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरीसहित छन्। उनीहरुको साथबाट ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम बरामद भएको प्रहरीले जनाएको छ।

    बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij